आज साउन ३२ गते सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको पेसी तोकिएको छ । अन्तिम सुनुवाइ भनिएको पेसीमा कुनै फेरबदल नआए आजै लामिछानेको मुद्दाको किनारा लाग्नेछ ।
२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा यसअघि नै २४ पटक पेसीमा चढिसकेको छ ।
नेपालले पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप खेल्न १७ सदस्य अन्तिम टोली यसअघि नै घोषणा गरिसकेको छ । रोहितको कप्तानीमा नेपालले अन्तिम टोली घोषणा गरिदा चर्चित क्रिकेटर सन्दीप लामिछानेको नाम पनि समावेश पनि छ ।
तर सन्दिप आज दोषी ठहर भएमा जेल जानुपर्नेछ । जसले नेपाली क्रिकेट जगतलाई ठुलो क्षति हुन सक्ने छ । यदि सुनुवाइपछि सन्दीपले अभियोग दाबीबाट सफाइ पाएमा मात्र एसिया कप खेल्न जान पाउनेछन् ।।

English
MTV NEPAL MTVNEPAL


