भुमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्यमनिधि सोतीले विचौलिय चिन्ने काम आफ्नो सरोकारको विषय नरहेको बताएका छन् । उनले भने “ को विचौलिया कसले कति लियो कति दियो त्यो हाम्रो सरोकारको विषय होइन ”
जग्गा सम्बन्धि कारोबार गर्ने सरकारी निकायको अभिभावकिय विभागको प्रमुखले यस्तो जवाफ दिईरहँदा त्यसो भए यस्को जिम्मा कस्को त ? समस्यामा परेका सेवाग्राहीले कसलाई गुहार्न जाने त ? भन्ने प्रश्न चिन्ह् खडा भएको छ । कि त विभागले नै समाधान गर्नुप¥यो कि त सम्बन्धित निकाय तोक्नु पर्ने होईन ।
अहिले विभागले अनलाईन सुविधा ल्याएकोले मालपोतमा भिडभाडको समस्या नरहेको उनले बताएका छन् । तर अझैं पनि सेवाग्राही अनलाईन भन्दा मालपोतमै गएर काम गर्न सहज मान्ने गरेका छन् । मालपोतमै गएपनि घण्टौं लाईन बस्दा समेत सहज तवरले सेवा सुविधा पाउन सकेका छैनन् । मालपोतमा गयो कर्मचारी नभेटिने ,भएकालाई पनि प्राविधिक ज्ञान नहुँदा ,विभिन्न समस्या देखाउँदैे कामलाई झण्झटिलो बनाईरहेको सेवाग्राहीको गुनासो छ ।
यता अहिलेको मुख्य समस्या रहेको ऐलानी जग्गा सरकारकै मातहत को जग्गा रहेको र सरकारले जतिबेला पनि आफ्नै तवरले व्यवस्थित गर्न सक्ने महानिर्देक सोतीले बताएका छन् । तर वर्षैदेखि यो समस्या ज्यँुका त्युँ रहेको छ । सरकारले अझैं पनि वास्तविक सुकुम्बासी पहिचान गर्न नसक्दा ऐलानी जग्गामा हुकुम्बासीको रजाँई चलिरहेको छ ।
सरकारी निकाय भने केबल अकुत रकम कमाउने भाडो बनिरहेका छन् भन्दा महानिर्देशक सोतीले १ प्रतिशत कर्मचारीलाई हेरेर सम्पुर्ण कर्मचारीलाई मुल्यांकन गर्न नहुने बताए ।
यता सेवाग्राही पनि सजकता अपनायर आफ्नो काम गर्न भन्दा विचौलियाको सहायता लिनु सजिलो मान्ने गरेकाले पनि समसया न्युनिकरण हुन सकेको छैन ।।

English
MTV NEPAL MTVNEPAL


