साउन २६ गने सिआईबीले प्रमाण पत्र किर्ते प्रकरणमा नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मासहित अन्य डाक्टरहरुलाई पक्राउ गरेको थियो तर पक्राउ परेको भोली पलटै सांसद शर्मा छुटे । आईतबार मात्रै सिआईबीको अर्को गल्ति बाहिरियो । यो प्रकरणमा पहिल्यैदेखि अनुसन्धान थालिरहेको भनेर पक्राउ कारण प्रष्ट्याएको सिआईबीले सक्कली डाक्टरलाईलाई पक्राउ गरेको पाइयो ।
नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकविरुद्ध अभियान सञ्चालन गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सक्कली चिकित्सकलाई नै पक्राउ गरेपछि चिकित्सा क्षेत्रमै एक प्रकारको भय सिर्जना भएको छ । विस्तृत अनुसन्धान र अध्ययन बिना नै पक्राउ गर्ने प्रवृत्ति देखिएको भन्दै चिकित्सकहरु त्रासमा रहेकै समयमा सीआईबीले भने मेडिकल काउन्सिलको पत्रकै कारण पक्राउ गरिएको र असली चिकित्सक रहेको पत्र आएपछि रिहा गरिएको प्रस्ट पारेको छ ।
सिआईबीको यो कमजोरीले नेपालको कानुनमाथि नै ठाडो प्रहार गरेको छ । नागरिकको मौलिक हकमाथि नै छुरा प्रहार गरेको छ । बिना अनुसन्धान,बिना प्रमाण जनतालाई दुख दिन खोजिएको यसले प्रष्ट्याएको छ । यस्तै गल्ति भईरहे नेपालको प्रहरी प्रशासनप्रतिको आम सर्वधारणको विश्वास नै हराउने देखिन्छ । “प्रहरी मेरो साथी” श्लोगनमाथि नै सिआईबीको यो कदमले व्यङ्ग्य गरेको छ ।।

English
MTV NEPAL MTVNEPAL


