सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान ४ बजे नदीमा पानीको बहाव ४ लाख ६२ हजार क्युसेक पुगेको थियो । अहिले भने पानीको बहाव बिस्तारै घट्न थालेको छ । बिहान सात बजेको मापनअनुसार ४ लाख ४० हजार क्युसेकमा झरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । सप्तकोशीमा १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ ।
कोशी ब्यारेजमा अहिले आवतजावत बन्द गरिएको छ । त्यस आसपासका क्षेत्रमा सावधानी अपनाउनु आग्रह गरिएको छ ।।

English
MTV NEPAL MTVNEPAL


