सिआईबीको कमजोरीले सरकारले चलाखीको पुष्टि,,सक्कली डाक्टर समेत पक्राउ

यहि साउन २६ गते अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर कांग्रेस सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ ग¥यो । सांसदमा गृहमन्त्रिसंगै अर्थमन्त्रिको राजिनामाको लागी चर्को आवाज उठाईरहेका सांसद शर्मा एक्कासी पक्राउ पर्नु समान्य थियन । तर कारण नै नखुलाई पक्राउ गरेको प्रहरीले पछि नक्कली प्रमाणपत्रको केसका पहिल्यैदेखि अनुसन्धान चलिरहेको भन्दै सरकारलाई चोख्यो । यसबाट शर्मा पक्राउ पर्नु सरकार कै रणनिति त होईन भन्ने कुरामा प्रमाण पुगेन । यो प्रमाणलाई बलियो बनाउन अन्य शर्मासहित अन्य डाक्टरलाई पनि पक्राउ ग¥यो ।
तर पक्राउ पेरेको भोलिपल्ट जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राख्न अनुमति दिएन । उनि रिहा भए । यसले सरकारको चाल होकी भन्ने भान भईरहेका बेला सिआईबीको अर्को त्रुटीले भने सरकारको चलाखीको पुष्टि गरेको छ ।
नक्कली शैक्षिक प्रमाण पत्र भएको भन्दै ब्यूरोले पक्राउ परेका पिपरा गाउँपालिका–८, महोत्तरीका रञ्जिनकुमार यादवको प्रमाण पत्रमा कैफियत नभएको पाइएको छ ।
ब्यूरो स्रोतका अनुसार, उनको बुबाको नामबाहेक अरु सबै विवरण मेल खाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको खुलेपछि अनुसन्धान अधिकृतहरुले यसमा के गर्ने भन्नेबारे छलफल गरिरहेका छन् ।
ब्यूरोका प्रवक्ता नवराज अधिकारीका अनुसार, अनुसन्धानमा संलग्न अधिकृतहरुले यादवको विषयमा विवरण उपलब्ध गराउन भन्दै मेडिकल काउन्सिलमा पत्राचार गरेको छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com