महानगरभित्र अब खुलारुपमा पानीपुरी, चटपटे बेच्न नपाईने,,अन्य वस्तुको पनि निगरानी बढाईदैं

काठमाडौं महानगरपालीकाभित्र अब खुलारुपमा चटपटे पानीपुरी लगायतको वस्तु बेच्न नपाईने भएको छ । खुल्ला रुपमा वेचिने खाद्य, पेय पदार्थ, तरकारी र फलफुलको समेत निगरानी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको आजको बैठकमा उपप्रमुख डंगोलले बर्खायाममा पानीसँगै ‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट समेत संक्रामक रोग चाँडो फैलिने भएकाले बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन निर्देशन दिनुभयोे ।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले ‘पानीपुरी, चटपटेजस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनु पर्ने अवस्था आएको बताउनु भयो । यस्तै खुल्ला दूध प्लाष्टिकमा हालेर रवरले बाँधेर बेच्ने काम पनि मापदण्ड विपरीत भएको भन्दै यसलाई पनि तत्काल रोक लगाउनुपर्ने उहाँको भनाँई छ ।

बैठकमा वडाध्यक्ष एवं अनुगमन मूल्याङ्कन समितिका सदस्य राजेन्द्र मानन्धरले, फाल्नु पर्ने तरकारी र फलफुल बेचबिखनमा तत्काल रोक लगाउनु पर्ने बताउनुभयो ।
बैठकमा जारको पानीमा यस अघि गरिएको अनुगमनका विषयमा जानकरी गराइएको थियो ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com