नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको घटनामाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने बताएका छन् । एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति गठन गर्दा जरोमा नपुगी बहुमतका आधारमा निर्णय हुनसक्ने देखिएकाले न्यायिक आयोग आवश्यक भएको बताए । माथिल्लो तहको संलग्नताविना ठूलो मात्रामा सुन तस्करी हुन नसक्ने र अहिले पनि तस्करी भइरहेको उनले दाबी गरे ।
यसैबिच अध्यक्ष ओलीले ३३ किलो सुन प्रकरणमा भएको अनुसन्धानमा सरकारलाई चित्त नबुझे थप छानबिन गर्न सक्ने बताएका छन् । उनि भन्छन् ‘हाम्रो सरकार बन्नुभन्दा अघि उताबाट सुन आउने र उता जाने भएको रहेछ’, ओलीले भने, ‘हामीले छानबिन समिति बनायौँ, त सुन भेटिएन । केही मानिस पक्राउ परेका छन् र उनीहरूमाथि कारबाही पनि भइरहेको छ ।’

English
MTV NEPAL MTVNEPAL


