व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई मंगलबार बिहान पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार ती व्यक्तिले प्रसाईंसँग चन्दा भन्दै ३० करोड रुपैयाँ माग गरेका थिए । यतिमात्रै होइन उनले हत्या गर्नको लागि योजना बनिसकेको भन्दै ज्यान बचाउने भए मागेको जति रकम दिन समेत दबाब दिइरहेका थिए । प्रसाईंले सो रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिले प्रसाईंलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए । हाल काठमाडौँको चुनदेबीमा बस्ने उनलाई महाराजगन्जबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । अभियुक्तविरुद्ध अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com