ललिता निवासको जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबीले० थप दुई जनालाई पक्राउ गरेको छ ।
पूर्व नायबसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिए ।
उनीहरू काठमाडौंबाट पक्राउ परेका हुन् । पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन् भने मिश्र खरिदार हुन् । यसअघि यहि प्रकरणमा नायब सुब्बा रमेशकुमार पोखरेल र देबनारायण महर्जन पक्राउ परेका थिए ।

English
MTV NEPAL MTVNEPAL


