अनलाईन सट्टेबाजी अर्थात अनलाईन जुवाका कारणले नेपालका चर्चित कलाकारदेखि यूटुबरहरु अहिले प्रहरीको नियन्त्रणमा छन् । नेपालमा प्रतिबन्ध गरिएको अनलाईन सेवा 1XBETt को प्रचार गरेकाले उनिहरु प्रकाउ परेका हुन् । पक्राउ पर्नेमा राजु पौडेल अर्थात राजुमाष्टर ,म्याकुरीका नामले चर्चित पवन खतिवडा, मारिजमान श्रेष्ठ बल्छीधुर्बे , भटभटे माइलाका रुपमा चर्चा कमाएका वेगम नेपाली,सरोज घिमिरे ढेंडुबुढो लागायतका छन् । यस्तै पक्राउ पर्नेमा चर्चित यूटुबर एलिस राई , जलन घर्तिमगर र गणेश गिरि रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसिका अनुसार प्रतिबन्धित 1XBET को प्रचार गरे बापत १० देखि ४० लाखससम्म लिनेगरेको पाईएको छ । उनिहरुले विभिन्न सामाजिक सञ्जाल मार्फत 1XBET को प्रचार गर्दै आईरहेका थिए । त्यस वापत सिधै कम्पनि मार्फत नै आफुहरुले सो रकम लिने गरेको उनिहरुले स्विकार गरेको एसएसपी केसिले जानकारी दिनुभयो । नेपालको कानुुन अनसार नेपालमा अनलाईन जुवाँ खेल्नु खेलाउनु अपराध हो । त्यस्तै यसको प्रचार प्रसार गर्नेलाई पनि अपराधि मानिन्छ । केहि समय अघि मात्र नेपालमा 1XBET मार्फत अनलाईन सट्टेबाजी गर्ने एजेन्टको एक गिरोहलाई पक्राउ गरेको थियो । अनुसन्धान पछि उनिहरुले १ अर्ब बढिको कारोबार गरेको पाईएको थियो । त्यस लगत्तै प्रहरीले यसको छनबिनलाई तिब्रता पार्दै यसको प्रचारप्रसार गर्नेहरुलाई अनुसन्धानको दायरामा ल्याउन थालेको थियो । त्यहि क्रममा यी कलाकार तथा यूटुबर पक्राउ परेका हुन । उनिहरुलाई थप अनुसन्धानका गर्नका लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यसैबिचमा प्रतिबन्धित बेटिङ्ग साइटको प्रयोग गरेर प्रचार गरेको कसुरमा अरु कलाकार तथा टिकटकर समेत प्रहरीको घेरामा पर्न सक्ने देखिएको छ । नायीका सुस्मा कार्की ,चर्चित टिकटकर तथा मोडल उषा उप्रेति ,सामरिका ढकाल, नायीका सुरबिना कार्की लगाएतले यसको प्रचार गरेको पाईएको हो । उनिहरुले मोटो रकम असुल गर्दै नाम परिवर्तन गरि राखिएका अन्य अनलाईन साइट मार्फत गैरकानुनी बेटिङ्गको प्रचार प्रसार गरेको पाईएको छ । अपराध अनुसन्धान महाशाखाका प्रवक्ता रविन्द्र रेग्मिका अनुसार अहिले उनिहरु माथि शुक्ष्म निगरानि राखिरहेको र छिटै प्रक्राउ गर्ने तयारी पनि गरिएको छ ।।
भिडियोका लागी तलको लिंकका क्लिक गर्नुहोस्

English
MTV NEPAL MTVNEPAL


