काठमाडौं महानगरको टिम अहिले तार व्यवस्थापनमा व्यस्त छ । विभिन्न ठाउँमा अस्तव्यस्त तवरले झन्डिएका तारलाई अहिले व्यवस्थित गरिदै छ । अव्यवस्थित तार काठमाडौंको मुख्य समस्या जस्तै थियो । सडकका पोलहरुमा बत्ति, इन्टरनेट ,फोन लगायतका तार तितरबितर देखिन्थे । जसले गर्दा विभिन्न समस्याहरु निम्ति रहेका थिए ।

पदैल यात्री तथा स्थानियले तारको कारणले सास्ती व्यहोरिरहेको बेला बालेनको निर्दैशनमा अहिले तार व्यवस्थापन गरिदै छ । काठमाडौं बानेश्वरदेखि माईतिघरसम्मका सडकका दुबै साइडतिर लथालिङ्ग तारलाई ठाउँठाउँमा तारले बानेर एउटै तार जस्तो बनाईएको छ । बानेश्वरदेखि तिनेकुने साइड पट्टिको सडकमा अहिले तार व्यवस्वस्थानको काम चलिरहेको छ । त्रिपुरेश्वरदेखि टेकु साईडका सडकामा पनि तितरबितर झन्डिएका तारहरु मिलाउने काम जारी छ । विशेषगरि अहिले काठमाडौं मुख्य सडकमा अव्यस्थित तारहरुलाई व्यवस्थित गर्ने काम धमाधम चलिरहेको छ । अहिले सबैभन्दा बढि मानिसहरुको चहलपहल हुने ,सुन्धारा ,न्युरोड,जमल तिर हेर्ने हो भने पहिला भन्दा निकै फरक देखिन्छ । पहिला पहिला जताजतै तार झुन्डिएका देखिन्थे भने अहिले निकै व्यवस्थित देखिन्छ । अव्यवस्थित तारका कारण विभिन्न आगलागिका घटनाहरु धेरै हुने गरेका थिए । जताततै तार हुँदा आगलागि नियन्त्रण गर्न पनि समस्या हुने गर्दथ्यो , बाटोमा मानिसहरुलाई आवतजावत गर्दा पनि असुरक्षित महशुष हुने गर्दथ्यो । अब भने यो समस्याबाट छुटकारा पाईने भएको छ । केहि समयदेखि काठमाडौंलाई हरियाली शहर बनाउने अभियानमा लागेको महानगर अहिले तार व्यवस्थापन लागिरहँदा काठमाडौं सुन्दर देखिनुका साथै आम नागारिकलाई पनि ठुलो राहत महशुष भएको छ ।।
भिडियोका लागी तलको लिंकमा क्लिक गर्नुहोस्…..

English
MTV NEPAL MTVNEPAL


