महोत्तरी, ५ कात्तिक । बर्दिवास नगरपालिका १० बनपथ चोकस्थित खैयरमाराबाट सर्लाहीतर्फ जाँदै गरेको ना ३ ख ९५६७ नम्बरको ट्रक चालकलाई कुटपिट गरी साथमा रहेको मोबाइल र नगद २५ हजार रुपैयाँ लुटपाट गरेको अभियोगमा बर्दिवास नगरपालिका १० स्थित बरमथान बस्ने ३० वर्षीय रबिन तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अपरिचित ४ जना व्यक्तिहरुले ट्रक रोकी लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैयरमाराबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न मध्यका तामाङलाई पक्राउ गरेको हो ।

English
MTV NEPAL MTVNEPAL


