काठमाडौं ः नेपाल प्रहरीले अवैधरूपमा हातहतियार लिएर हिँडेको २३६ पुरुष र ६ जना महिला लाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये १७ जना विदेशी नागरिक रहेका प्रहरीको जनाएको छ । प्रहरीले बताए अनुसार अनुसार एमसिक्स्टीन एटु राइफल एक थान ,एलएमजी राइफल एक थान, पोइन्ट टुटु राइफल एक थान, एसएमजी दुई थान, , पेस्तोल ३८ थान, बन्दुक १४ थान, कटुवा पेस्तोल ३६ थान, रिभल्वर तीन थान, भरुवा बन्दुक ११८ थान गरी जम्मा २१४ थान बरामद गरिएको बताएका छन् । साथैे ६८० राउण्ड गोली पनि उनीहबाट बरामद गरिएको छ । बरामद भएका हतियारमध्ये पेस्तोल, रिभल्वर र नेपालमै बनेका कटुवा पेस्तोल बढी रहेका छन् । अवैध हातहतियार नियन्त्रण तथा कारोवारीलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरीले देशभरि नै अभियान चलाएको जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


