वैदेशिक रोजगारमा मलेशिया जाने कामदारको सपना अब सपनामा मात्र सिमित हुँदैछ, विदेशमा गएर पैसा कमाउने घर परिवारलाई पाल्ने निम्न वर्गीय व्यक्तिहरुको सपना अब विपनामा पुरा नहुने देखिएको छ । मन्त्री बिष्टले धामचामले सम्झौता गरेका सम्झौता पत्रहरु कार्यनयन कहिले गर्ने नगर्ने अन्योल मै छन् । गत कार्तिक १२ गतेको सम्झौताले वैदेशिक रोजगार सुचारु हुने वातावरण होला कि भनेर बसेका १५ हजार भिषा आएका नेपाली कामदारको आशा फेरि मरेको छ । ठप्प रहेको वैदेशिक रोजगारी झन् बिकट रुप लिदै छ ,नेपाली कामदारलाई सहज गराउने सिलसिलमा ६ महिना देखि नै बन्द रहेको वैदेशिक रोजगारलाई सरकारले अझ पनि खोलाउने कुनै वातावरण बनाई दिएको छैन । सम्झौतालाई अस्वीकार गरेका वैदेशिक रोजगार सघंले बोल्नै छोडि सकेका छन् तर अब ६ महिना सम्म चुप लागेका १५ हजार भिषा आएका नेपाली कामदारलाई मर्का परेको जनाएका छन् । भिषा आएर उड्न नपाएका कामदारलाई यो पिरले सताउन थालेको छ कि उनीहरुको खर्च भएको रकमको जिम्मा कसले लिने ? के उनीहरुले खर्च भएका मेडिकलका रकम लगायत काठमाडौँमा आएर बसेका खाएका अनुमानित रकम रु चालीस करोड कसले दिलाई दिने । अब कलिङ्ग भिषा आइसकेको पासपोर्टमा पुनः अर्को मलेशिया कै कम्पनीमा जानु पर्दा भिषा नलाग्ने र कालोसुचीमा हुने र आजिवन मलेशिया जान रोक्का हुने भन्ने पिरले भिषा आएका कामदारहरुलाई ठूलो नै चिन्ताको विषय बनिसकेको छ ।
वैदेशिक रोजगारमा मन्त्री विष्टले नयाँ कामको थालनीको लागि उनको उद्देश्य रामै र उदारणीय रहे, सुरुवातमा उनले देशका नागरिकलाई रोजगारीको क्षेत्रमा वैदेशिक रोजगारीलाई सहज र सरल बनाउनको लागि GSG,OSC,ISC,MIGRAM, BIOMATRIC बन्द गराएर देखाए तर पुनः GSG,OSC,ISC,MIGRAM, BIOMATRIC जस्ता संस्थाबाट मलेशिया जान मलेशिया सँग श्रम सम्झौता गरिएको देखियो । यदि त्यही खारेज गरेको संस्थाबाट मलेशिया र नेपाल सहमति भए किन अहिले सम्म सुचारु हुन सकेको छैन । के मन्त्री ज्यूले आफना गल्ती स्वीकारेर खारेज भएको संस्था सँग माफी मागी सुचारु गर्ने छ कि ?कि अरु नै विकल्पको खोजी मै हुनुहुन्छ त्यो हेर्नै बाँकी छ । के सम्झौता अनुसार फ्रि भिषा फ्रि टिकट तथा आधा महिनाको सर्भिस् चार्ज मलेशिया कम्पनीले नेपाली म्यानपावरलाई दिन्छ कि ,अर्को देशबाट कामदार भित्राउछ त्यो हेर्ने र सुन्न बाँकी छ ।
साँची नै नेपाल सरकारले अब स्वदेशमा रोजगारीको वातावरण बनाई दिने रणनितिमा लागी परेको छ त्यसैले होला आजकल पनि विदेशबाट फर्किएका कामदारलाई तथा देश भित्रको वेरोजगार युवालाई बिना धितो व्यावसायी गर्न चाहनेहरुलाई ७ प्रतिशत व्याजमा लोन दिन प्रक्रिया गदैै छ । विदेशबाट कमाएको रकमले जिविका चलाएका युवाहरुलाई के यहाँको व्यावसाही र तलबले पर्याप्त होला ? के जसरी एक निम्न वर्गीय व्यक्तिहरुलाई वैदेशिक रोजगारीले बासँ, गास र कपासलाई सरल पारी सपना पूरा भएको छन् त्यस्तै यहाँको कमाइले थाम्न सक्ला र ? यद्दपी वैदेशिक रोजगारीले एक पक्ष वैदेशिक रोजगार व्यावसायीलाई मात्रै या अन्य क्षेत्रलाई नि फाइदा छ त्यो सोच्नुपर्ने एक महत्वपुर्ण विषय बनेको छ ।

English
MTV NEPAL MTVNEPAL


