काठमाडौँ– काठमाडौँमा रिङ्ग रोड कोटेश्वरदेखि कंलकी सम्मको बाटो अहिले ठूला र फराकिलो भएका छन्, ट्राफिक जामका कारण घन्टैँ कुरेर बस्नुपर्ने स्थिति धेरै हतसम्म कम भएको देखिएको छ । अधिकांश रिङ्ग रोडमा काम भईसकेको र कतिपयमा काम चलिरहेको देख्न पाईन्छ तर बाटो फराकिलो र ट्राफिक जाम मुक्त भएता पनि बाटो काट्ने मानिसहरु भने जथाभावी बाटो काटिदिने गरेका छन् । पैैदल यात्रुलाई बाटो काट्न सहजका लागि आकाशे पुल ठाँऊ ठाँऊमा बनाए पनि कुनै पुल पदैल यात्रुले प्रयोग नगरेका र कुनै पुलको निमार्ण पुरा नभएकाले दनहुँ जथाभाबी बाटो काट्नेको बिगबिगी बढेको छ । आकाशे पुलको प्रयोग गर्ने झनझट् मान्ने पदैल यात्रु पुलकै अगाडिबाट बाटो काट्न रुचाउँछन् । पुलको प्रयोग बने मात्र युवाहरुका लागि सेलफी खिच्ने ठाँऊ बनेको छ ।
पहिलेको दिनहरुलाई तुलना गर्दा वर्तमानमा परिवर्तन आएको र रोडको जामको समस्या धेरै न्यून भएकाले गाडी चालकहरु आफनो राय बताउँछन् ,तर बाटो काट्न यात्रुको कारण बीच बीचमा अचानक गाडी रोक्नुपर्ने र यात्रुले उल्टै आफुहरुलाई गाली गरेको चालकहरको गुनासो रहेका छ । मनपरी बाटो काट्न नदिन र यात्रुको सुरक्षाका लागि ट्राफिक पुलिसले भने कडा नियम बनाउनु नै पर्ने देखिएको छ , जथाभाबी बाटो काटेर ज्यानको खतरा ,दुर्घटनालाई हुने भएकाले पदैल यात्रुहरुले आफनो ख्याल गरी ट्राफिकको नियमलाई बिना हिचकिचाई पालना गर्नु पर्ने देखिएको छ ।

English
MTV NEPAL MTVNEPAL


