काठमाडौँ – हिन्दू नेपालीे धर्मालम्वीहरुको महान् चाँड बडा दशैँको शुभ अवसरमा एघारौँ नवरात्रि महा–महोत्सव पूजा प्रवचन कार्यक्रम हुन गईरहेको छ । पवित्र स्थल जहाँ दुनियाँ देखि हजारौँ धर्मालम्वीहरुको गुइचो हुने गर्छ त्यही पशुपति क्षेत्रमा सो कार्यक्रम असोज २४ गते घटस्थापना देखि कार्तिक १ गते महानवमी सम्म सम्पन्न हुने भएको छ । हरेक साल झै यो साल पनि समस्त नेपालीहरुको लागि कार्यक्रममा सपरिवार इष्टमित्र सहभागी हुनलाई यस कार्याक्रमका आयोजक श्री मा दुर्गा भवानी पूजा हिन्दू संस्कृति परिषद् तथा रासविता इन्टरनेशनल फाउण्डेशनले जानकारी गराएको छ । कार्यक्रममा नेपाल तथा भारतका प्र्रसिद्ध गायकहरु संगीत तथा भजनका लागि तयारी रहेको अध्यक्ष रामशोमित नायकले बताएका छन् । साथै सम्पूर्ण भक्तजनहरुलाई कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बडा दिन र नवदुर्गाको आशीर्वाद प्राप्त गर्नुहुन अध्यक्ष नायकले आग्रह गरेका छन् ।
कार्यक्रम तालिका यस प्रकारका रहेका छन् ः
१ं.कलश यात्रा
१० अक्टोबर /असोज २४ गते बुधबार
बिहान ८ : ०० बजे
स्थान बनकालीदेखि बागमतीसम्म
२.घटस्थापना
१० अक्टोबर /असोज २४ गते बुधबार
बिहान १०ः०० बजे
स्थान बनकालीदेखि बागमतीसम्म
३.नित्य पूजा एवं आरती
१० अक्टोबरदेखि १८ अक्टोबर
(असोज २४ बुधबारदेखि कार्तिक १) सम्म
बिहान ११ : ०० बजे र साँझ ७ :०० बजे
४.बेल निमन्त्रणा
१५ अक्टोबर / असोज २९ गते सोमबार
बिहान ८ ०० बजे र साँझ ६ :३० बजे
५. पालकी शोभायात्रा्
१५ अक्टोबर/असोज २९ गते सोमबार
दिउँसो १ : ०० बजे
६.नेत्रदर्शन
१६ अक्टोबर /असोज ३० गते मंगलबार
राति १२: ०० बजे
७.गुफा दर्शन
१७ अक्टोबर / असोज ३१ ग्ते बुधबार
साँझ ६ : ०० बजे
८. महानवमी दर्शन
१८ अक्टोबर/कार्तिक १ गते बिहीबार हवन पूजा ।
साथै प.पू १०८ सन्त श्री देजकीनन्दनदासजी ब्रहमर्षिको मुखारविन्दबाट देवीभागवत प्रवचण
बिहान ८ः०० बजे देखि ९ :०० बजेसम्म विशेष पूजा
बिहान ९ः०० बजे देखि ११ः०० बजेसम्म प्रवचण तथा
आरती साँझ ४ : ०० देखि ७ : ०० बजेसम्म प्रवचण तथा आरतीको आयोजन छ । र अन्तमा नेपाल तथा भारतका प्रसिद्ध गायकहरुबाट संगीत तथा भजन कार्यक्रम यस प्रकारका रहेका छन् । यो संगीत सहकर्मी श्री ओमप्रकाश तुफानीबाट आयोजित रहेको जानकारी छ । तलिका अष्टमी साँझ ७ : ०० देखि १० : ०० बजेसम्म
नवमी दिउँसो २ : ०० देखि ७ : ०० बजेसम्म
दशमी दिउँसो १२ : ०० देखि ५ : ०० बजेसम्म आयोजना रहेका बताईको छ ।

English
MTV NEPAL MTVNEPAL


