चाडपर्व नजिकै गर्दा काठमाडौँमा दिउँसै चोरी ।

काठमाडौं । उपत्यकाको भित्री क्षेत्रहरुमा दिउँसै चोरी हुन थालेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाले विशेष अभियान थालेको छ ।चाडपर्व समेत नजिक रहेको वेलामा चोरीका घटना वृद्धि भएपछि त्यस्ता घटना न्यूनिकरणका लागि प्रहरी परिसर, काठमाडौंसँग समन्वय गरेर ३१ जनालाई पक्राउ गरेको हो ।महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार डाका, लुटपाट, सहकारी चोरी, चेन स्न्याचिङ लगायतका घटनामा संलग्नहरुलाई अभियानै सञ्चालन गरी पक्राउ गरिएको छ ।उनका अनुसार चाडपर्व चोरी नियन्त्रण सुरक्षा योजना अनुरुप पाकेटमारी, लुटपाट, सिक्री तथा सुनका गरगहना तान्ने, ठगी लगायतका घटनामा संलग्नलाई धमाधम पक्राउ गरी अनुसन्धान थालिएको छ ।ती घटनाहरुको न्यूनिकरणका लागि भिडभाड हुने स्थानहरु बसपार्क, बैंक तथा वित्तिय संस्था, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सवारीसाधान लगायतमा सादा पोशाकमा विशेष प्रहरी टोली पनि परिचालित भएको महाशाखाका डिएसपी सन्तोष खड्का बताउँछन् ।

THIS IS ADD AREA
x

Check Also

विदेशि अपराधिका हातमा पनि नेपाली नागरिकता,, खै निति कानुन ?खै सरकार ?

नेपालमा बसेका भारतियको हातमा नेपाली नागरिकताकोे बारेमा त हामीले धेर थोर जानकारी पाएकै कुरा हो तर हुँदा हुँदा विदेशि अपराधिसंग पनि नेपाली नागरिता भएको पाईएको ...

Social Media Auto Publish Powered By : XYZScripts.com