टोकियो – २०१८ को जुलाईमा घटेको पहिरोको काण्ड र तातो हावाको कारण दर्जनौ मानिसको दर्दनाक सम्झना नसेलाउदै फेरि जापानमा अर्को आपती आईपरेको छ । गत सोमबार साँझ देखि नै सुरु भएको आँधी मंगलबार बिहानदेखि आँधीको गति बढदै गएको बताईको थियो । यो आँधी आजसम्मको सबैभन्दा खतरनाक र शक्तिशाली भएको जापानी मौसम विभागमको भनाई छ । हालसम्मको घटनामा २ जनाको मुत्यु, १२ लाख मानिसलाई घरबार छोड्नको लाति आदेश आईसकेको छ ।आँधीकै कारण जापानमा विद्युत् ,उडान र रेलको सेवा रोकिएको छ ।आँधीका कारण बिहान सिकोकु टापुमा भएको वर्षाले अझै सामुद्रिक छाल बाढी तथा पहिरोको चेतावनी दिएको छ । भारी वर्षाकै कारण विभिन्न ठाँउमा पहिरो गएकोले हाल तुरुन्तै उद्वारको कार्य चाँढै नहुने कुरुताले जानकारी गराएको छ ।
जापानी प्रधानमन्त्रीले सम्सत नागरिकलाई आफ्नो सुरक्षाको ध्यान दिन आग्रह गरेका छन् । उनले उद्वारकार्यलाई तिव्र गतिमा गर्न पनि उद्वारकर्मीलाई आदेश दिएका छन् ।

English
MTV NEPAL MTVNEPAL


