संविधान संशोधनमा सहमति भएपछि मात्रै सरकारमा जानेः फोरम

सरकारमा जाने विषयमा संघीय समाजवादी फोरमले संविधान संशोधनको विषय टुंगो लगाउनुपर्ने बताएको छ । आइतबार बसेको फोरमको पदाधिकारी बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागिताका लागि संविधान संशोधनको विषयलाई शर्तको रुपमा अघि सारेको हो । प्रधानमन्त्री ओलीले औचित्यका आधारमा मात्र संविधान संशोधन हुने अडान दोहोर्याइरहेका बेला फोरमले यस्तो निर्णय गरेको हो । बैठकले संविधान संशोधनका सवालमा जारी वार्ता निष्कर्षमा पुगे लगत्तै पार्टीले मन्त्रीको नाम सरकारलाई पठाउने बताएको छ । यस विषयमा सरकारसँग आबद्ध दलसँग थप छलफल गर्ने निर्णय आइतबारको बैठकले गरेको छ । संविधान संशोधनमा कुरा नमिल्दा शुक्रबार विस्तार भएको मन्त्रिपरिषदमा फोरम सहभागी भएन ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com