‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन अर्थमन्त्री खतिवडा भारत जादैं

अर्थमन्त्री डा. युवराज खतिवडा आज दिउँसो १ बजे भारत भारत भ्रमणमा जाने भएका छन् ।
भारतको हरियाणास्थित गुरुग्राममा हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन अर्थमन्त्री खतिवडा दिल्ली जान लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

तीन दिने सो सम्मेलनमा अर्थमन्त्री खतिवडाले मुख्यवक्ताको रुपमा सम्बोधन गर्नेछन् । उनले कुनै राजनीतिक तथा कुटनीटिक भेटघाट भने नगर्ने दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भारतको सत्तारुढ भारतीय जनता पार्टीका नजिकका बुद्धिजीवीको संस्था इन्डिया फाउन्डेसनको आयोजनामा हुने कार्यक्रममा भाग लिएर अर्थमन्त्री खतिवडा भोलि बिहीबार नेपाल र्फकनेछन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com