शेयर बजारको कारोबार घट्दै

सेयर बजारलाई अर्थमन्त्रीले ‘अनुत्पादक क्षेत्र’ भन्ने संज्ञा दिएको भन्दै घटेको भनिएको बजार पुनः लयमा फर्किए पनि यसले स्थायित्व पाउन भने सकेन । वित्तीय क्षेत्रमा देखिएको ब्याजदरको लडाइँले सेयर बजार पुनः प्रभावित भएको छ ।

सरकारले सेयर बजारलाई सकारात्मक सम्बोधन गर्ने आशामा रहेका लगानीकर्ता आइतबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदै गर्दा भने आशावादी हुन सकेनन् । बजार खुलेदेखि नै लगातार घटेको सेयर बजार परिसूचक नेप्से ३१.०४ अंकले घटेर बन्द भएको छ ।

वित्तीय प्रणालीमा एनआईसी एसिया बैंक र गोर्खाज फाइनान्सले बचत तथा मुद्दतीको ब्याजदर वढाएपछि समग्र वित्तीय प्रणालीभित्रनै विभिन्न आशंका उत्पन्न भइरहेका छन् । बैकर्स एसोसिएसन तथा एनआईसी एसिया बैंकबीचको असमझदारीले लगानीकर्ताले डराएर सेयर बजार झन् घट्ने केही लगानीकर्ता बताउँछन् ।

नेपाल बैंकर्स संघको कार्यसमितिले एनआईसी एसिया बैंकसँग कुनै पनि प्रकारको अन्तरबैंक कारोबार नगर्ने निर्णयलाई बाँकी बैंकहरूले पनि सहमति जनाएका छन् । शुक्रबार संघको कार्यसमिति बैठकले अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको थियो ।

सेयर बजार घट्दो क्रममा गएको उल्लेख गर्दै साना लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने, “बजारलाइ सपोर्ट गर्ने लगानीकर्ताको मनोविज्ञानलाई बुझेर नीतिगत कदम नचालेको खण्डमा बियरीस ट्रेन्ड झनै डरलाग्दो हुनसक्ने देखिन्छ ।” घट्दो बजारमा सानो इभेन्टले पनि काम गर्ने अर्यालको भनाइ छ ।

गत साताभर ३१ अंकले घटेको नेप्से आइतबार मात्र पनि सोही गतिमा घटेको छ । आइतबार कारोबार सुरु हुँदादेखि घट्न थालेकोे नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार कारोबार सुरु हुँदा १३१५.६९ अंकमा रहेको नेप्से ३१.०४ अंकले घटेर १२८४.०४ अंकमा झरेको छ । नेप्से संगै ‘क’ वर्गका कम्पनीको सेन्सेटीभ इण्डेक्स पनि ६.४० अंकले घटेको छ,

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com