नयाँ शक्ति पार्टीका नेता खिमलाल देवकोटा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार पार्टीमा प्रवेश गराउदै अध्यक्ष प्रचण्डले बाबुरामलाई पनि आफ्नै पार्टीमा आउन आग्रह गरेका हुन् ।भट्टराई हिँडेको बाटो गलत भएको उनको दाबी छ । नयाँ शक्ति पार्टी, नेपालका नेता खिमलाल देवकोटालाई पार्टी प्रवेश गराउँदै माओवादी अध्यक्ष प्रचण्डले भट्टराईलाई लाज नमानी पार्टीमा प्रवेश गर्न भट्टराईसँग आग्रह गरे । डिब्बा जत्ति छाडेर इन्जिन मात्र लिएर हिँडेको भन्दै उनले भने, उहाँले डिब्बा र सामान छाडेर हिड्नु भयो । जनता, कार्यकर्ता र आफ्नै रगत पसिनाबाट जन्मिएका सारा उपलब्धी छाडेर अर्को केही गर्छु भन्ने मनोगत हो ।’उनले अघि भने, मनासय उहाँको राम्रो गर्छु भन्ने होला । तर, बाबुरामजी जसरी हिँड्नु भएको छ, त्यो गलत छ । त्यो तरिकाले उहाँ आफैं दलदलमा फस्ने बाहेक केही हुँदैन ।’
जनमत निर्माणमा बुद्धिजिवीहरु धेरै ठूलो भूमिका खेल्ने तर, बेलाबेला उनीहरुमा देखिने अवसरवाद र चरम महत्वकांक्षा डरलाग्दो हुने उनले बताए । ‘बाबुरामजी प्रति मेरो कुनै घृणा छैन । घृणा हुन्थ्यो भने २५ वर्षसम्म झेलेर बोकेर हिँड्न सम्भव थिएन’ प्रचण्डले भने, ‘बाबुरामजीलाई अलि लाज लाग्छ । लाज मान्न पर्दैन, आफ्नै साथीहरुसँग आउन किन लाज मान्नु पर्यो ?’ माओवादी केन्द्र प्रवेश गरेका देवकोटाले मुलुकलाई स्थायित्व र विकास दिने भएकाले पार्टीमा फर्किएको बताए ।

English
MTV NEPAL MTVNEPAL


