भारतको त्रिपुरा राज्यमा सत्तारुढ भारतीय जनता पार्टी (वीजेपी)का कार्यकर्ताले लेलिनको शालिक ढालेका छन्। विधानसभा निर्वाचनमा २५ वर्षे कम्युनिष्ट गढ ढाल्दै पहिलोपटक बहुमत ल्याएको वीजेपीका कार्यकर्ताले सोमबार रुसी क्रान्तिका नायक एवं कम्युनिष्ट विचारका सर्वाेच्च नेता भ्लादिमिर लेलिनको शालिक डोजर लगाएर भत्काएका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार त्रिपुरामा सोमबार कैयौ स्थानमा हिंसात्मक झडप भएको थियो। झडपकै बीचमा ‘भारत माता की जय’ नारा लगाउँदै एउटा भीडले बेलोनिया सहरको सेन्टर अफ कलेज स्क्वायरमा रहेको लेलिनका शालिक भत्काएका हुन्। त्रिपुरामा २०१३ मा कम्युनिष्टले चुनाव जितेपछि लेलिनको शालिक निर्माण गरिएको थियो। ११.५ फुट फाइबर ग्लासको यो शालिक ३ लाख भारुमा बनाइएको थियो।

English
MTV NEPAL MTVNEPAL


