ह्याप्पी वर्थ डे प्रियंका !

पछिल्लो समय नेपाली चलचित्रमा जमेकी नायिका हुन् प्रियंका कार्की । उनै प्रियंका आजबाट ३१ वर्षमा प्रवेश गरेकी छिन् । उनको जन्म २०४४ साल फागुन १५ गते काठमाडौमा भएको हो ।

पछिल्लो समयकी सबैभन्दा व्यस्त र सफल नायिका मानिने प्रियंका यतिबेला भने आयूष्मान देशराज जोशीको प्रेममा रमाइरहेकी छिन् ।


चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’बाट नेपाली फिल्ममा प्रियंकाको इन्ट्री भएको हो । त्यसयता उनले लगातार फिल्म खेलिरहेकी छिन् । फिल्मबाहेक उनी म्युजिक भिडियो र विज्ञापनमा पनि उत्तिकै चलेकी छिन् । उनले सन् २००७ मा अमेरिकाको नर्थ अलबामा विश्वविद्यालयबाट फिल्म मेकिङमा डिग्री हासिल गरेकी छिन् । उनी सन् २००५ मा मिस टिन नेपाल भएकी थिइन् ।

प्रियंकाले चलचित्र ‘नाई नभन्नु ल’ का सिरिज, सफल चलचित्र छक्का पञ्जा, र पछिल्लो समय मह जोडिले बनाएको प्रदर्शनको तयारीमा रहेको शत्रुगते तथा थुप्रै चलचित्रमा अभिनय गरेकी छन् । उनका शुभचिन्तक, दर्शक, फ्यानहरुले जन्मदिनको शुभकामना दिएका छन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com