कांग्रेसमा पौडेल पक्षका विद्यार्थी नेता कार्यकर्ताहरुको धर्ना

नेपाल विद्यार्थि संघले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ । पार्टी केन्द्रीय समितिको बैठक चल्दै गर्दा रामचन्द्र पौडेल पक्षका विद्यार्थी नेताकार्यकर्ताहरु धर्नामा बसेका हुन् ।

नेतृत्वले नेविसंघलाई विधिपूर्वक नचलाएकाले पार्टीका नेताहरुको ध्यानाकर्षण गराउन सांकेतिक धर्ना दिइएको नेता दीपक भट्टराईले बताए ।

धर्नामा सहभागीहरुले ‘जिद्दीले होइन, विधिले कांग्रेस चलाऊ’, ‘बलियो कांग्रेसका लागि सशक्त नेविसंघ हाम्रो अभियान’ लेखिएका प्लेकार्ड बोकेका थिए । केहीले सांकेतिक विरोधस्वरुप कालो चस्मा लगाएका थिए ।

यसअघि नेविसंघको विवाद समाधान गर्न पौडेल पक्षका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए ।

तर सुनुवाई नभएकाले सांकेतिक विरोध जनाउन कालो चस्मा लगाएर धर्ना दिइएको नेविसंघ नेता भट्टराईले बताए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com