सीरियामा ३० दिनसम्म युद्धविराम गर्ने सहमति भएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका सबै १५ सदस्यले युद्ध प्रभावित क्षेत्रमा सहायता र मेडिकल सुविधा पुर्याउने विषयमा भोटिङ गरेका छन् ।
सीरियाको राजधानी नजिकको गुटा क्षेत्रमा सीरियाका सेनाले बमबारी गरेपछि धेरै सर्वसाधारण मारिएका थिए । यस कारवाहीलाई रोक्ने उद्देश्यले सुरक्षा परिषदमा भोटिङ भएको थियो । यद्यपि युद्धविराममा सहमति जुटे पनि हवाई हमला भने जारी छ ।
यसअघि युद्धविरामको प्रस्तावमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा लामो बहसमा रुसले अस्वीकार गरेको थियो ।
अब्जरभेटरी फर ह्युमनराइट्सका अनुसार एक हप्ताको अवधिमा सीरियाको गुटा क्षेत्रमा पाँच सय जनाको मृत्यु भइसकेको छ ।

English
MTV NEPAL MTVNEPAL


