हात्तीको आक्रमणबाट दुईको मृत्यु

झापामा हात्तीको आक्रमणबाट शनिबार २ जनाको ज्यान गएको छ । बिर्तामोड–७ स्थित सुन्दर निचाझोडा सामुदायिक वनमा हात्तीको आक्रमणमा परि २ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा विर्तामोड–७ का ७० बर्षीय लसुने मियाँ र बिर्तामोड–३ का ६५ बर्षीय च्याङ्गरा राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार घाँस दाउरा गर्न वन गएका उनीहरुलाई हात्तीले आक्रमण गरेको थियो ।
हात्तीले च्याङ्गराको छातीमा आक्रमण गरेको थियो भने लसुनीलाई च्यापेको थियो । हात्तीको आक्रमणबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com