छाया प्रधामन्त्री र मन्त्रीहरु बनाउने कांग्रेसको निर्णय !

नेपाली कांग्रेसले छाया सरकार गठन गर्ने निर्णय गरेको छ ।  जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न छाया सरकार गठन गर्ने कांग्रेसले निर्णय गरेको हो ।  सिंहदरबारमा शनिवार बसेको संसदीय दलको बैठकमा राम्रो प्रतिपक्षको भूमिकामा बस्नका लागि छाया सरकारको आवस्यकता भएको सांसदहरुको सुझाव अनुरुप छाया सरकार बनाउने निर्णय भएको नेता  गगन थापाले बताए । उनले भने,‘हामी पनि छाया प्रधानमन्त्री बनाउँछौं, सरकारले जति मन्त्रालय बनाउँछ त्यतिनै छाया मन्त्री बनाउँछौं’ थापाले भने,‘सरकारको राम्रा काममा सहयोग गर्छौं नराम्रा काममा खबरदारी गर्छौं ।’ थापाका अनुसार संसदीय दलको नेता नै छाया प्रधानमन्त्री हुनेछन् ।  कांग्रेस संसदीय दलको बैठकमा डा. मिनेन्द्र रिजालको संयोजकत्वमा बनेको संसदीय दलको विधान मस्यौदा समितिले पेश गरेको मस्यौदा माथि छलफल गरेको छ । उक्त मस्यौदामा सांसदहरुको सुझाव लिएर आजै दिउँसो तीन बजे बस्ने बैठकबाट पारित गर्ने कार्यतालिका रहेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com