संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक निष्कर्षविहीन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक निष्कर्षविहीन बनेको छ, बैठक सिरियामा जारी संघर्ष रोक्ने उद्देश्यले बसेको हो ।

सिरियामा जारी संघर्ष रोक्न ३० दिनका लागि युद्धविरामसम्बन्धी प्रस्तावमा छलफल भए पनि रुसको अडानका कारण बैठकमा पारित हुन सकेन । रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् सिरियामा मानवतावादी युद्धविरामका लागि तयार नभएको जनाएको छ ।

युद्धविराम सम्बन्धमा स्वीडेन र कुबेतका तर्फबाट पनि एउटा प्रस्ताव पेश भएको थियो । तर रुसले यो प्रस्तावमा संशोधन गर्नुपर्ने जनाएको छ ।

यो प्रस्तावले रुसको समर्थन पाएको सिरियाली सरकारमाथि दबाब बढ्ने उसले जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि रुसी प्रतिनिधि वेस्ली नेबेनज्याले पेश भएको प्रस्ताव संघर्ष रोक्ने वास्तविक उद्देश्यले आएको हुनुपर्ने बताए ।

सिरियाली सरकारले विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा पछिल्ला पाँच दिनदेखि लगातार बमबारी जारी राखेको छ । बमबारीमा परेर अहिलेसम्म ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसंघले गुटामा ३ लाख ९३ हजार मानिस फसेको जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com