कास्कि तथा दमकमा बम विस्फोट

विप्लव नेतृत्वले गरेको बन्दका क्रममा कास्कीको विजयपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक प्रहरी र पत्रकार घाइते भएका छन् ।

कास्किको नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो ।

घटनामा स्थानीय पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजतर्फ लगिएको छ ।

दमकमा विष्फोट

यसैबीच, झापाको दमकमा पनि बन्दकर्ताहरुले विष्फोट गराएका छन् । दमक–६, घिमिरे सुपरमार्केटमा रहेको एक पसलमा विष्फोट भएको हो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com