नेकपा एमालेका सांसद एवं पूर्व डीआईजी नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। आइजीपी नियुक्ति प्रकरणमा सरकारी कागजपत्र कीर्ते गरेको भन्दै सर्वोच्च अदालतको आदेशमा अनुसन्धान सुरु भएपछि सम्पर्कविहिन बनेका सिलवाल प्रधानमन्त्री भेट्न सोमबार साँझ बालुवाटार पुगेको स्रोतले बतायो। भेटमा सिलवालले प्रधानमन्त्री नियुक्त भएकोमा ओलीलाई बधाई दिएका थिए।
सिलवाल एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गाडीमा बालुवाटार पुगेका थिए। ललितपुर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सिलवाल शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा पक्राउ परिने भन्दै सम्पर्कविहिन भएका थिए। उनलाई खोज्न सरकारले ठूलो संख्यामा प्रहरीसमेत परिचालन गरिएको थियो। उनले तत्कालिन प्रधानमन्त्री देउवाले आफूमाथि प्रतिशोध साँधेको आरोप लगाउँदै आएका छन्। यसअघि सिलवालको सम्बन्धमा प्रधानमन्त्री ओलीले कानूनविद्सँग परामर्श गरेका खबरहरु समेत आएका थिए

English
MTV NEPAL MTVNEPAL


