मेक्सिकोमा हेलिकोप्टर दुर्घटना, ६ महिने बच्चा सहित १४ को मृत्यु

मेक्सिकोको ओक्साआकामा शुक्रबार गएको भुकम्पबाट प्रभावित क्षेत्रको निरिक्षण गर्न निस्किएका वरिष्ठ कर्मचारी सवार हेलिकोप्टर दुर्घटना भएको छ ।
हेलिकोप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

सान्टिआगोमा अवतरण गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनास्थल भूकम्पको इपिसेन्टर ओक्साआकाको नजिकै पर्दछ ।

बीबीसीका अनुसार हेलिकोप्टरमा सवार आन्तरिक मामिला मन्त्री र ओक्साआकाका गभर्नर भने सकुशल छन् ।
मेक्सिकोको ओक्साआकामा शुक्रबार ७ दशमलव २ रेक्टरको स्केलको भूकम्प गएको थियो । भूकम्पबाट मानवीय क्षति नभए पनि भौतिक संरचनाहरुमा क्षति पुगेको छ ।
हेलिकोप्टर अवतरणको क्रममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको र ६ महिने बच्चासहित १४ जनाको मृत्यु भएको आन्तरिक मामिला मन्त्रीले जानकारी दिएका छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com