मेक्सिकोमा ७.२ रेक्टरको भुकम्प गयो

मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । शनिबार बिहान(स्थानीय समय अनुसार शुक्रबार राति)  दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.२ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण एजेन्सी( यूएसजीएस) लाई उद्धृत गर्दै सीएनएनले खबर दिएको छ । मेक्सिकाको ओसाका टापुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाइएको छ । भूकम्प चेतावनी सिस्टमले भूकम्पको संकेत दिएपछि मान्छेहरु घर छोडेर सडकमा भागेको थिए ।भूकम्पका कारण कुनै मानवीय क्षति भएको विवरण भने हालसम्म प्राप्त नभइसकेको खबरमा जनाइएको छ ।

भूकम्पका कारण सुनामीको खतरा नरहेको प्रशान्तमहासागर सुनामी चेतावनी सेन्टरले जानकारी दिएको छ। गत सेप्टेम्बरमा पनि मेक्सिकोमा दुई शक्तिसाली भूकम्प गएका थिए । ८ सेप्टेम्बरमा गएको ८.१ म्याग्निच्यूडभूकम्पका कारण ९० जनाको मृत्यु भएको थियो भने । १९ सेप्टेम्बरमा गएको ७.१ भूकम्पका कारण २१६ जनाको मृत्यु भएको थियो ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com