ओलीलाई पठाएको मोदीको चिठी यस्तो छ

नेपालस्थित भारतीय दूतावासका प्रवक्ता रुबी जसप्रित शर्माका अनुसार मोदीले चिठीमा ओलीको नेतृत्वमा नेपालमा आर्थिक समृद्धि र विकास हासिल हुने उल्लेख गर्दै नेपालसँगको बहुआयामिक द्विपक्षीय सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । मोदीले ओलीलाई भारतमा स्वागत गर्न आफू प्रतीक्षारत रहेको पनि चिठीमा उल्लेख गरेका छन् ।  ओलीले जवाफमा बधाई तथा शुभकामना दिएकोमा मोदीलाई धन्यवाद दिँदै उपयुक्त समयमा भारत भ्रमण गर्ने बताएका छन् । ओलीले मोदीलाई जनकपुर र मुक्तिनाथको तीर्थयात्रासमेत गर्ने गरी नेपाल भ्रमणका लागि आमन्त्रण गरेका छन् । ओली सांसद निर्वाचित भएपछि मोदीले गत ६ पुस र ७ माघमा पनि टेलिफोन गरेका थिए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com