नवलपरासी संपर्क कमिटिमा भण्डारी

नेकपा एमाले सम्बद्ध विध्यार्थी संगठन अनेरास्ववियु नवलपरासी-काठमाडौं सम्पर्क कमिटीको सम्मेलन गत शनिबार गते सम्पन्न भएको छ ।
अनेरास्ववियु केन्द्रिय सम्पर्क विभाग प्रमुख चन्द्र थिङको प्रमुख अतिथ्य्ता, केन्द्रिय सदस्य बसन्त न्यौपाने, संपर्क विभाग सचीव सागर भट्ट तथा सम्पर्क मञ्चका नेता लगाएतको अतिथ्यतामा काठमाडौं क्याम्पस कालिमाटीको प्राङ्गणमा सम्मेलन सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी चन्द्र थिङले नयाँ ढंगबाट विद्यार्थी आन्दोलनको उठान गर्नु पर्ने आवश्यकता रहेको र त्यसको अगुवाई अनेरास्वबियुले गर्ने बताउनु भयो । सम्मेलनले नेत्र भण्डारी अध्यक्ष र किरण पौडेल सचिव सहितको कमिटी निर्माण गरेको छ । अनेरास्ववियु नवलपरासी-काठमाडौं सम्पर्क कमिटी अध्यक्ष हुनु भएका नेत्र भण्डारी हाल सालै निर्वाचित काठमाडौं क्याम्पस स्वोवियु कोषध्यक्ष हुनुहुन्छ । भने सचिब पौडेल अनेरास्ववियु थापाथली इन्जिनियरिङ क्याम्पस कमिटी पुर्व अध्यक्ष हुनुहुन्छ।

पाँच नम्बर प्रदेश अन्तर्गतका बिभिन्न जिल्ला सम्मिलित कमिटिहरु मध्यबाट प्रदेश संपर्क कमिटी बन्ने र उक्त कमिटिबाट अखिलको महाधिबेसनमा प्रतिनिधि जाने हुँदा सबैको चासो प्रदेश संपर्क कमिटिमा रहेने गरेको छ । एम.टि.भि नेपालसँगको कुराकानीमा नबनिर्बाचित अध्यक्ष्य भण्डारीले आफुले नवलपरासीबाट काठमाडौं आएर पढ्ने सम्पुर्ण विद्यार्थीहरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै प्रदेश संपर्क कमिटिको अध्यक्ष्यमा आफ्नो दाबी समेत रहेको बताउनु भयो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com