– प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । त्यसअघि पौडेलले माओवादी केन्द्रसमेतको समर्थनमा आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए । प्रदेश ३ मा एमालेसँग एकल बहुमत छ । माओवादी केन्द्रको समेत साथ पाएकाले पौडेललाई सुविधाजनक बहुमत पुगेको छ । पौडेलको शपथ सोमबार बिहान ९ बजेका लागि तय गरिएको छ ।

English
MTV NEPAL MTVNEPAL


