प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त, भोलि शपथ

– प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । त्यसअघि पौडेलले माओवादी केन्द्रसमेतको समर्थनमा आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए । प्रदेश ३ मा एमालेसँग एकल बहुमत छ । माओवादी केन्द्रको समेत साथ पाएकाले पौडेललाई सुविधाजनक बहुमत पुगेको छ । पौडेलको शपथ सोमबार बिहान ९ बजेका लागि तय गरिएको छ ।

 

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com