२१ माघ । बाँकेको बैजापुरबाट नेपालगञ्ज आउँदै गरेको ना ३ ख ९७५९ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्गको अभैयादेखि ३ किमि पश्चिममा पल्टिँदा ६ जना गम्भीर घाइते भएका हुन् ।
दुर्घटना आईतबार बिहान भएको थियो, तर बसमा कति यात्रु थिए भन्ने जानकारी भएको छैन ।
इलाका प्रहरी कार्यालय कोहलपुरले बस दुर्घटनाको पुष्टि गरे पनि विस्तृत विवरण भने आइनसकेको जनाएको छ ।
बस अनियन्त्रित भई सडकमा पल्टेकाले पूर्व–पश्चिम राजमार्ग अहिले अवरुद्ध बनेको छ ।

English
MTV NEPAL MTVNEPAL


