गुल्मीमा एक युवाले आफ्नै प्रेमिकाको हत्या गरका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका वडा नम्बर ८ ठगुना निवासी २३ वर्षका प्रदीप पराजुलीले बांग्लुग जिल्ला जैमिनी नगरपालिकाकी कमला शर्माको हत्या गरेको आशंकामा प्रहरीले उक्त युवालाई पक्राउ गरेको छ । युवतीको शव भने गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ घुमाउने खोलामा भेटिएको थियो । गुल्मीका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले आफैले उक्त युवालाई पक्राउ गरेको जानाकारी दिएका छन् । कमला र आफुबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको वयान प्रदीपले दिएका छन् । युवतीले महिनावारी रोकिएकोले उनलाई विवाह गर्न आग्रह गरेकी थिइन । प्रदीपले भने विवाह गर्न कर लगाएपछि गत माघ ५ गते मारेर पुलबाट खसालिदिएको बयान प्रहरीसमक्ष दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।

English
MTV NEPAL MTVNEPAL


