अझै ७० प्रतिशत अफगानिस्तानी तालिवानी लडाकूको त्रासमा

माघ १७ – ७० प्रतिशत अफगानिस्तानका नागरिक तालिवानी लडाकूको त्रासमा बाँच्न बाध्य रहेको बीबीसीको एक रिपोर्टले जनाएको छ ।

महिनौं लगाएर गरिएको अनुसन्धानबाट अफगानिस्तानमा सन २०१४ पछि विदेशी सैनिक हटाएपछि तालिवानले आफ्नो क्षेत्र अफगानिस्तानमा बनाउँदै गएको बीबीसीले जनाएको छ ।

अफगान सरकारले प्राय भू–भागहरु आफ्नो पक्षमा लिएको जनाए पनि पछिल्ला घटनाले अफगानिस्तानमा तालिवानले पकड जमाउँदै गएको देखिएको छ ।

काबुलको पछिल्लो घटनापछि गरिएको अनुसन्धानमा तालिवान र इस्लामीक स्टेटले अफगानिस्तानमा कब्जा जमाउँदै गएको बीबीसीले जनाएको छ ।

अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) पनि पहिलाको भन्दा बढी सक्रिय भएको बीबीसीको अनुसन्धानले जनाएको छ । बीबीसीका अनुसार तालिवानी लडाकूले अफगानिस्तानको १४ जिल्ला अर्थात अफगानीस्तान देशकै ४ प्रतिशत भूभाग कब्जा गरेका छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com