१७ माघ, काठमाडौं । ६ दिनअघि स्कुलका टिम सँगै हाइकिङका लागि फूलचोकी गएका ललितपुरस्थित थसिखेलका १७ वर्षीय विद्यार्थी जोन तामाङ अझै भेटिएका छैनन् ।
कक्षा ६ मा अध्ययन गर्ने तामाङ ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनका विद्यार्थि हुन् । विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएर फर्किने क्रममा उनी बेपत्ता भएका थिए ।
नेपाल प्रहरी, नेपाली सेना र अभिभावकको टोलीले उनको खोजी जारी राखेका छन् । महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डिएसपी विनोद सिलवालले विद्यार्थीलाई अहिलेसम्म नभेटिएको बताए ।

English
MTV NEPAL MTVNEPAL


