१५ माघ, काठमाडौं । अब बन्ने प्रदेश संरचनाअन्तर्गत स्वास्थ्य मन्त्रालयहरुमा स्वास्थ्यकै कर्मचारीलाई सचिव हुन पाउने व्यवस्था नगरिएको भन्दै स्वास्थ्य क्षेत्रमा आबद्ध कर्मचारीहरुका पेशागत संगठनले विरोध गरेका छन् ।
उनिहरुले देशको संघीय संरचना अनुसारका प्रादेशिक मन्त्रालयहरुमा स्वास्थ्यका कर्मचारीलाई सचिव राख्न माग गर्दै स्वास्थ्य सचिव डा. पुष्पा चौधरीसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ्ग संघ, नेपाल जनस्वास्थ्य संघ, स्वास्थ्य प्रबद्र्धन तथा शिक्षा संघ, नेपाल, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल आयुर्वेद संघ, नेपाल फार्मेसी संघ, नेपाल मेडिकल ल्याबोरेटरी संघले संयुक्त रुपमा स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई भेटेर उक्त ज्ञापनपत्र बुझाएका हुन् ।
स्वास्थ्यकर्मीहरुको पेशागत संगठनले गत बुधवार मन्त्रीपरिषदको बैठकले सातवटा प्रदेशका स्वास्थ्य शिक्षा तथा सामाजिक विकास मन्त्रालयहरुमा स्वास्थ्यका कर्मचारीहरु सचिव नहुने गरी गरेको निर्णयले स्वास्थ्यका कर्मचारीहरुको मनोबल खस्किएको र उनीहरुको मनोबल गिरेको भन्दै उक्त निर्णय सच्याउन समेत माग गरेका छन् ।

English
MTV NEPAL MTVNEPAL


