जुम्लामा ३ करोड ९१ लाख राजश्व संकलन

करदाता सेवा कार्यालय जुम्लाले ६ महिनामा ३ करोड ९१ लाख राजश्व संकलन गरेको छ ।

कार्यालयले आर्थिक वर्ष ०७३–०७४ को ६ महिनाको अवधिमा ३ करोड ९१ लाख १९ हजार ९ सय २९ रुपैयाँ ५९ पैसा राजश्व संकलन गरेको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताउनुभयो ।

कार्यालयले आयकरबाट २ करोड ५३ लाख ७४ हजार ३ सय ८८ रुपैयाँ, बहाल करबाट १७ लाख ३१ हजार ९ सय ८० रुपैयाँ, ब्याजकरबाट १ लाख २४ हजार ३८ रुपैयाँ, मूल्य अभिवृद्धिकरबाट ९५ लाख ११ हजार ४ सय ५ रुपैयाँ, अन्तशुल्कबाट २३ लाख ६ हजार २ सय ३७ रुपैयाँ र शिक्षा सेवा शुल्क ७१ हजार ८ सय ७७ रुपैयाँ कर उठेको खत्रीले जानकारी दिनुभयो ।

गएको वर्ष जुम्लामा ६ करोड ५४ लाख रुपैयाँ कर उठेको कार्यालयको तथ्यांक छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com