ठमेलमा पाँचतारे अलफ्ट होटेल असोजदेखि सञ्चालनमा आउने

राजधानीको ठमेलमा निर्माणाधीन छायाँ सेन्टर कम्प्लेक्समा अलफ्ट होटेल असोजदेखि सञ्चालनमा आउने भएको छ ।

ठमेलकोे करिब १५ रोपनीमा निर्माणाधीन उक्त व्यापारिक कम्प्लेक्समा पाँचतारे होटेल खुल्न लागेको हो । हालसम्म होटेलको ७५ प्रतिशत काम सकिएको व्यवस्थापनको भनाइ छ ।

छायाँ सेन्टरका निर्देशक सुमन पाण्डेका अनुसार अहिले होटेलको इन्टेरियर डिजाइनिङको काम भइरहेको छ । किचेनमा डेकोरेसन र बेडरुमहरुमा इन्टेरियर डिजाइनिङको काम धमाधम छ ।

उक्त होटेल स्टारउडको ‘अलफ्ट ब्रान्ड’का नाममा सञ्चालनमा आउन लागेको हो । स्टारउडले अहिले विश्वभर एक दर्जन ब्रान्डमार्फत चेन होटेलहरु सञ्चालन गर्दै आएको छ ।

अलफ्ट बिजनेश होटेल, सेराटन, डब्लू होटेल, फोरपेन्ट्स, ली मेरिडियन, लक्जरी कलेक्सन, इलिमेन्ट, स्टार रेजिसजस्ता नाममा यसले होटलहरु सञ्चालन गर्दै आएको छ ।

भूकम्प र नाकाबन्दीका कारण यसको निर्माणको म्याद केही लम्बिएको थियो । शुरुमा सन् २०१७ मै सञ्चालनमा ल्याउने योजना थियो । छायाँ सेन्टर कम्प्लेक्सको पाँचौंदेखि १५औं तलासम्म अलफ्ट होटेल सञ्चालन हुन लागेको हो । पाँच अर्ब लगानी रहेको यस होटेलमा दुई सय २० वटा कोठा छन् ।

उक्त कम्प्लेक्समा तीन वटा मल्टिप्लेक्स थिएटर, पसल, रेस्टुराँ, बैंकका शाखा, एयरलाइन्स र ट्राभल एजेन्सीहरु पनि रहने छन् । यस्तै, विभिन्न कम्पनीका कर्पोरेट कार्यालयहरु पनि सञ्चालनमा आउन लागेका छन् ।
अन्डरग्राउन्ड बेसमेन्टमा गाडी पार्किङस्थल छ । उक्त कम्प्लेक्समा इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे, सुमन पाण्डे, महेश्वर श्रेष्ठ, निर्मल प्रधान, कालु गुरुङ, योगेन्द्र शाक्य र सुहृद घिमिरेको लगानी छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com