भारतीय कनेक्सन बाटै परिचालित छन् गुण्डा नाइके मनोज पुन

१२ माघ, काठमाडौं । मनोज पुन भनेर चिनिने रुपन्देहीका गुण्डा नाइके मनोजबहादुर बूढामगरको भारतीय आपराधिक सञ्जालसँग ‘कनेक्सन’ रहेको खुलेको छ ।

त्यसो त पुनको २३ असोज ०७४ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र २१ पुसमा रुपन्देहीका व्यवसायी बलु पौडेलको हत्याकाण्डमा संलग्नता रहेको छ । ४ पुस ०७३ मा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि उनको संलग्नता खुलेको छ ।
तिवारी हत्यापछि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुनले त्यसयता नै भारतीय आपराधिक सञ्जालसँग सम्बन्ध विस्तार गरेको प्रहरी स्रोतको भनाइ छ ।
पुन अहिले डी कम्पनीसँग नजिक पुगेको शंका प्रहरीको छ । तथापि, उक्त सम्बन्धको जरो खोतल्न प्रहरी असफल देखिन्छ ।
स्रोतका अनुसार नेपाल प्रहरीले अहिले पुनको भारतीय कनेक्सन केलाउन अनुसन्धान थालेको छ । पछिल्लो समय दिल्लीका गुण्डा जोगाले नेपालतर्फ आफ्नो गतिविधि बढाएको स्रोतको भनाइ छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com