१६ हजार युवालाई व्यावसायिक तालीम ‘तालीमपश्चात उनीहरुको सीप परीक्षणसमेत गरिने

व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यस वर्ष देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिने भएको छ। आर्थिकरुपमा विपन्न युवालाई परिचान गरी उपत्यकाका चार हजारसहित मुलुकका १६ हजार युवालाई व्यावसायिक तालीम दिन थालिएको परियोजनाका निर्देशक टेकनारायण पाण्डेले जानकारी दिए। परियोजनाले १६ देखि ४० वर्ष उमेर समूहका युवालाई तीन महिनाको उक्त तालीम दिन थालेको हो। “बेरोजगार युवालाई स्वरोजगार बनाउनका लागि तालीम सञ्चालन गर्न थालिएका हौँ” उनले भने, ‘तालीमपश्चात उनीहरुको सीप परीक्षणसमेत गरिने छ। परियोजनाले प्राविधिक शिक्षा तथा तालीम परिषद् (सिटीइभिटी)बाट सम्बन्धन प्राप्त संस्थामार्फत तालीम दिइने छ। इलेक्ट्रसियन, अटोमोबाइल, मोबाइल, भेटनरी, सिलाइकटाइ तथा व्यावसायिक कृषि तालीम प्रदान गर्ने परियोजनाका उपसचिव सुजनराज खनालले बताए।

उनले परियोजनाले राष्ट्रियस्तरको पत्रिकामा सूचना निकालेर त्यस्ता समूहका युवालाई तालीमका लागि आह्वान गर्ने बताए। सूचना निस्केपछि आफूले चाहेको विषयमा तालीम लिनका लागि दरखास्त दिन सक्ने छन्।  दरखास्त दिएकालाई गरिबी सूचांकको आधारमा तालीममा समावेश गराइने छ। तालीम यही फागुनदेखि सञ्चालन हुनेछ। एक जनाका लागि रु १८ हजार २०० देखि २२ हजार २०० सम्म खर्च हुने खनालले बताए। रासस

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com