भारतमा बसेर नेपालीलाई ठगी गर्ने नेटवर्किङ कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा लमजुङ जिल्ला दोर्दी गाउँपालिका ५ का दर्पण लामा, दाङ जिल्ला लमही नगरपालिका ४ का कुशलराम चौधरी, धादिङ जिल्ला रोराङ गाउँपालिका ३ का ज्ञानेन्द्र मगर, काभ्रेपलाञ्चोक जिल्ला खानीखोला गाउँपालिका ३ का चन्दित सिंह मोक्तान र बारा जिल्ला निजगढ नगरपालिका १२ का दावा लामा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका आरोपीहरूले भारतमा नेटवर्किङमा कम्पनी खोलेर विभिन्न जिल्लाका नेपालीलाई ठग्दै आएका थिए ।
प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेका अनुसार उनीहरूले सर्वसाधारणलाई अनेकौं सपना देखाएर धनाढ्य हुने एवं कम्पनीको सदस्यहरू बनाएवापत कमिसन दिने नाममा प्रतिव्यक्ति आठ हजारदेखि तीन लाख रुपैयाँसम्म जम्मा गर्न लगाएर ठग्दै आएका थिए । उनीहरू भारतमा संचालित तीनवटा नेटवर्किङ कम्पनीका संचालक हुन् ।

English
MTV NEPAL MTVNEPAL


