बक्स अफिस श्रावण १ बाट लागू हुने

बक्स अफिस लगाउनुपर्छ र लगाएर फाइदा हुँदैन भन्ने बिषयमा लामो समयदेखि भईरहेको बहस अन्ततः टुंगिएको छ । लामो समयको बहसपछि वि.सं २०७५ साल श्रावण १ गतेबाट नेपाली चलचित्रमा बक्स अफिस लागू हुने भएको छ । निर्माताहरुले बक्स अफिस लगाउन लामो समयदेखि माग गर्दै आएका थिए । चलचित्र विकास बोर्डका यस अगाडिका २ अध्यक्षले बक्स अफिस लागू गर्ने एजेन्डा लिएका थिए तर पुरा गर्न सकेनन् ।

तर, अब भने श्रावण १ गतेबाट बक्स अफिस लागू हुने भएको छ । चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यान्वयन समितीका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको वैठकले प्राविधिकहरुसँगको छलफल पश्चात आउँदो बर्षको वैशाख १ गतेबाट बक्स अफिस परिश्रण गर्ने र श्रावण १ गतेबाट काठमाण्डैमा लागू गर्ने निर्णय गरेको छ ।

यस्तै, आउँदो बर्षको माघ १ गतेबाट काठमाण्डौ बाहिरका हलमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । बक्स अफिस जडान गर्ने कम्पनि ‘व्रेन डिजिट इट सोलुशन’ नाम कम्पनिलाई जडानका लागि निर्देशन पनि दिइएको छ । बक्स अफिस कार्यान्वयन समितीमा संयोजकको रुपमा नरेन्द्र महर्जन छन् । यस्तै, सदस्यहरुमा चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कपिल पराजुली र प्रभाकर भट्टराइ छन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com