साम्राज्ञीले फिल्म नगर्दा स्वस्तिमालाई फाइदा

नेपाली फिल्म उद्योगमा अहिले त्यस्ता पनि नायिका छन् जो एक वा दुईवटा चलचित्रमा काम गरेर गुमनाम भएका छन् अर्थात फिल्म नपाएर घरमै बसेका छन् । यहि सिने नगरी यस्ता पनि नायिका छन् जस्ले छोटो समयमै राम्रो क्रेज बनाएका मात्रै छैनन् कि आफ्नो छुट्टै ब्राण्ड नै बनाएका छन् ।
यस्तै अभिनेत्रिमा पर्छिन् साम्राज्ञी राज्यलक्ष्मी शाह । साम्राज्ञी अहिलेकी यस्ती नायीका हुन् जस्लाई लिएर निर्माताहरु जति लगानी गर्नपनि सुरक्षित ठान्छन् । तर उनै साम्राज्ञीले निर्माता तथा निर्देशक अशोक शर्माको फिल्म अफरलाई अस्विकार गरेकी छिन् ।

निर्देशक अशोक शमाले लामो समयपछि निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम तय भएको छैन । तर, कलाकारको नाम भने फाइनल गरिएको छ । अशोकले निर्देशन तथा निर्माण गर्न लागेको नयाँ चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिदैछन् ।

यो चलचित्रको छायांकन माघको अन्तिमबाट सुरु हुनेछ । चलचित्रको कथा खगेन्द्र आफैले लेखेका हुन् । यो चलचित्रका लागि सुरुवातमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अफर गरिएको थियो । तर, साम्राज्ञीले गाउँले भूमिका भएको भन्दै गर्न नमानेपछि स्वस्तिमालाई अफर गरिएको थियो । स्वस्तिमाले भने यो चलचित्रमा काम गर्ने पक्का भएको छ ।

चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी अशोकले गरेका छन् । चलचित्रको छायांकन इलाम, विर्तामोड लगायतका स्थानमा गरिनेछ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com