विप्लव र वैद्यको पार्टी एकता हुने कार्यगत एकता गरी संयुक्त रूपमा सङ्घर्षमा जाने तयारी

अहिलेको माओवादी केन्द्रबाट अलग्गिएको पार्टी नेकपा क्रान्तीकारी माओवादीले नेपाल कम्युनिष्ट पार्टी लगायतका दलहरुसँग पार्टी एकता गर्ने भएको छ । मंगलबार र बुधवार बसेको पार्टीको स्थायी समितीको बैठकले अब विचार र सिद्धान्त मिल्दाजुल्दा पार्टीसँग एकता गरेर अगाडी बढ्नुपर्ने निष्कर्श निकालेको हो । नेकपा क्रान्तिकारी माओवादीको नेतृत्व अहिले मोहन बैद्य किरणले गरेका छन् । पहिलो संविधानसभाको निर्वाचनपछि पार्टी फुटाएर नेतृत्व गरेका बैद्य दोस्रो संविधानसभाको चुनावलाई बहिष्कार गरेका हुन् । अहिले सम्पन्न भइसकेका स्थानिय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागि भएपनि उक्त पार्टीले कुनै स्थानमा सिट प्राप्त गर्न सकेको थिएन । विप्लव नेतृत्वको नेकपाले भने चुनावमा सहभागिता नै जनाएन । पछिल्लो समय आफ्नो जनमत पातलिदै गएपछि ती पार्टीहरु एकआपसमा मिल्नुपर्ने बाध्यता आएको छ । एकताको लागि वार्ता टोली बनाई छलफल गरेर निष्कर्श निकालिने बताइएको छ । जसमा मोहनसिंह विक्रमको नेकपा मसाल पनि जोडिने चर्चा चलेको छ ।

नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने नीति कार्यक्रम र उद्देश्य राखेका कम्युनिस्ट समूह र व्यक्तिहरुलाई एकतावद्ध गर्नुपर्ने क्रान्तिकारी माओवादीले ठहर गरेको छ । ती पार्टीहरुसँग राष्ट्रियता, जनतन्त्र, जनजीविका लगायतका विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा सङ्घर्षमा जाने तयारी गर्ने पनि निर्णय भएको महासचिव वैद्यद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । क्रान्तिकारी माओवादीले भारतले वीगञ्ज महानगरपालिकाको छपकैयामा नेपालको ५० औं विघा जमिन मिचेर सीमा स्तम्भ सारेको भन्दै विरोध जनाएको छ । उसले यसबारे तुरुन्तै कदम चाल्न सरकारसँग माग गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com